२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित ( साल अघि) १०९५ पाठक संख्या

अनोज यादब

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ । वित्तीय संस्थाको सञ्चालक समितिको विहिवार साँझ बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा वाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ । वित्तीय संस्थाले ०७८ श्रावण मसान्त सम्म ४वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिदैं आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस