२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सांसद कण्डेलको सहयोगमा अस्पताललाई ६० थान अक्सिजन सिलिन्डर रिफिल गरि हस्तान्तरण

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) १७७९ पाठक संख्या

मोहन पौडेल / परासी, ७ जेठ । प्रतिनिधीसभा सदस्य देवेन्द्रराज कण्डेलको सहयोगमा ६० थान रिफिल्ड अक्सिजन सिलिन्डर परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण गरिएको छ।
एनआरएनए अफ्रिकन रिजन तथा एनआरएनए कङ्गोको आर्थिक सहयोग,लायन्स क्लब बुटवल स्टार तथा लियो क्लब अफ रामग्राम नवलपरासीको ब्यवस्थापनमा पश्चिम नवलपरासी जिल्लामा २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अन्तर्गत तीन दिनको अबधिमा ६० थान रिफिल्ड अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरिएको लियो क्लब रामग्रामका अध्यक्ष विकास घिमिरेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।

आज एक कार्यक्रमकाबीच पाल्हीनन्दन गाउँपालिकाकि उपाध्यक्ष पावित्री कोंहारले अस्पतालका निमित्त मेसु डाक्टर मोहम्मद नुरुल होदालाई २० वटा सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।

लायन्स कल्ब बुटवल स्टारका अध्यक्ष एवं लायन्स 325B2 एरिया चिफ संयोजक सन्दिप कसौधन,रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ तथा लियो क्लब रामग्राम शाखा अध्यक्ष घिमिरेको ब्यवस्थापनमा जिल्लामा अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम चलिरहेको छ
कोभिडको दोस्रो लहर शुरु भएपछि सांसद कण्डेलको सहयोग नवलपरासी पूर्व र पश्चिमा क्रमश २५ र १५० गरि कुल १७५ वटा रिफिल्ड अक्सिजन सिलिन्डर उपलब्ध गराईएको सांसद कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयो ।
सांसदकंडेलको पहलमा जिल्लामा रहेका बिभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालमाहरुमा कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पिपिई र अन्य स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको सिफारिस, एवंम् नेपाली कांग्रेस क्षेत्रीय सचिव माधब प्रसाद पाण्डेको केयर नेपाल संस्था सँगको समन्वयमा जिल्लामा रहेका बिभिन्न आइसोलेसन सेन्टर तथख अस्पतालहरुका स्वास्थ्यकर्मीहरूलाई पिपिई र अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको सांसद कण्डेलका स्वकीय सचिव रायमाझीले बताउनुभयो ।
उहाँका अनुसार परासीस्थित पृथ्वीचन्द्र अस्पताल १३ थान पिपिई सेट,फेस शिल्ड, र अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ भने सुनवल नगरपालिकाद्वारा सञ्चालित अस्थायी कोरोना आइसोलेसन सेन्टरमा १२ थान पिपिई, बर्दघाटको चौपत्ता अस्पतालमा ८ थान पिपिई, बर्दघाटस्थित चिसापानी अस्पतालमा ५ थान पिपिई तथा अन्य स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस