२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

सवारी टुर्घटना हुँदा असईको मृत्यु

२०७७ चैत्र १३, शुक्रबार प्रकाशित ( साल अघि) १३३१ पाठक संख्या

काठमाडौँ । धनुषामा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ ।

असइ मदनजंग कापर सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

धनुषाका डिएसपी मकेन्द्र मिश्रका अनुसार मिथिला नगरपालिका-१० लालगढमा बिहान करिब ३ बजेतिर ट्रकले कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर लगत्तै उनको मृत्यु भएको डिएसपी मिश्रले बताए। कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए ।

उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस