२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

सल्यान दुर्घटना : १२ जनाको मृत्यु, अधिकांश तिहार मानेर फर्किँदै गरेका दिदीबहिनी

२०७८ कार्तिक २१, आईतबार प्रकाशित ( साल अघि) ८०८ पाठक संख्या

दाङ – सल्यानमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश भाइटीका सकेर घर फर्किन्दै गरेका दिदीबहिनी रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगिसकेको छ । तीनजनाको अवस्था चिन्ताजनक छ । उनीहरुलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिँदै छ ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ आउँदै गरेको बस आइतबार बिहान कबिर साढे १० बजेतिर कपुरकोट नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ९ महिला, एक बालिका, एक बालक, एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले पुष्टि गरेका छन् । मृतक मध्ये आठजनाको सनाखत भएको छ भने, चार जनाको सनाखत हुन बाँकी छ ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ घर भइ हाल दाङको तुलसिपुर–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा–२ की ६१ वर्षीया मिना डाँगी, शारदा–३ की ६६ वर्षीया लिला बुढाथोकी तथा सल्यानको त्रिवेणी–१ काभ्राकी २४ वर्षीया मिना शाही रहेको प्रहरीले जनाएको छ ।

यस्तै दाङको बबई–४ की ६० वर्षीया डुली रेउले, बबई–६ पन्चकुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षीया ईन्द्र अधिकारी र सल्यानको छत्रेश्वरी–२ का २९ वर्षे तिलक ओलीको सनाखत भएको हो ।

‘तिहारको समय भएकाले टीका लगाएर घर फर्किन थालेकाहरु बसमा सवार थिए’, उनले भने, ‘ठूलो मानवीय क्षति हुन पुग्यो ।’

ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको हो । तीव्र गति र यात्रु संख्या धेरै भएकाले मानवीय क्षति धेरै हुन पुगेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस