२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

सरकार मानवता विरोधी अपराध गर्दै :अधिकारकर्मी अर्याल

२०७८ बैशाख ३०, बिहिबार प्रकाशित ( साल अघि) १९३८ पाठक संख्या

काठमाण्डौ । सरकारले सक्रमितहरुको उपचारमा देखाएको उदासिनता मानवता विरोधी अपराध हो अधिकारकर्मी तथा न्यायका लागि मानव अधिकारका संयोजक इन्द्र अर्यालले बताएका छन ।

विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोभिड १९ बाट सक्रमितहरु औषधी र अक्सिजन नपाएर मृत्यु भैरहेको, नीजि अस्पतालहरुको मनोमानी सक्रमितहरुले खेप्दै आइरहेको र सरकारी अस्पतालमा सक्रमितलाइ अक्सिजनको अभाव रहेको तर्फ सरकारको ध्यान नगएको भन्दै गम्भिर आपत्ति व्यक्त गरिएको छ।

अतः सक्रमितहरुको उपचारमा ध्यान दिइ औषधि र अक्सिजन उपलब्ध गराइ माहामारीबाट जनताको जीवन रक्षा गर्ने सम्बन्धमा कहि कतैबाट लापरवाहि गरी मानवता विरोधी अपराध नगर्न नगराउन समेत सञ्जालले अपिल गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस