२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सरकार-थरुहट वार्ता : रेशम चौधरीलाई छोड्न संविधान र कानुनसम्मत पहल गर्ने (सहमति पत्रसहित)

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) २४५३ पाठक संख्या

नवलपुर । सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान् संयुक्त संघर्ष समितिबीच छबुँदे सहमति भएको छ ।

टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलगायतको रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्नेलगायत छबुँदेमा सहमति भएको हो ।

सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजन भट्टराई र भगवती चौधरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् भने थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

उनीहरुबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख गरिएको छ ।

आन्दोलनमा भएको क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याउने सहमति भएको छ ।

FB_IMG_1622543163608

FB_IMG_1622543166061

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस