२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गर्‍योः सांसद देवेन्द्रराज कंडेल

२०७७ चैत्र १९, बिहिबार प्रकाशित ( साल अघि) १२७२ पाठक संख्या

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा सबै दलका सांसदहरूले सम्बोधन गरेका छन् । बुधबारको बसेको बैठकको विशेष समयमा बोल्दै काग्रेसका नेता सांसद देवेन्द्रराज कंडेलले सरकारले भ्रष्टाचारीको संरक्षणमा सुरक्षाकर्मी खटाइएको बताए।

भ्रष्टाचारीको प्रकरणमा राजिनामा समेत दिएका पुर्व सञ्चारमन्त्रीलाई गृहमन्त्रालयले सम्मान स्वरुप “बाइवान गेट टु”उपहार स्वरुप दुइ जना सेट सहित सुरक्षाकर्मी दिएको भन्दै आपत्ति जनाए। यसबाट भ्रष्टाचारीलाइ सुरक्षा दिने निति सरकारले लिएको स्पष्ट हुने बताए ।

त्यस्तै नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले चुनाव नचाहेको बताए । जनताले कोरोना र आर्थिक मन्दीबाट राहत चाहेको उनको भनाई छ ।

सांसद श्रेष्ठले बागलुङमा चैत्र १५ गते फागु पुर्णिमाको दिन युवाबीच भएको झडपका क्रममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारको हत्या भएकोमा आपत्ति प्रकट गर्दै दोषिलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस