२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

संसद भंग गर्ने निर्णय फिर्ता दिन सञ्जालको आव्हान

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) १०४३ पाठक संख्या

काठमाण्डौ जेष्ठ ८ । वर्तमान प्रतिनिधि सभा विघटन गरी तोकिएको निर्णय प्रती सन्जालले आपत्ति प्रकट गरेको छ ।

सञ्जालले जारी गरेको एक विज्ञप्तीमा नेपालको संविधान २०७२ को ७६(५) को प्रक्रिया बमोजिमको आव्हानमा २०७८ जेष्ठ ७ गते प्रधानमन्त्री र प्रतिनिधि सभा सदस्य शेरवहादुर देउवाले दावी प्रस्तुत गरेकोे र उक्त दाविको बेवास्ता गर्ने दाविकर्ताको प्रधानमन्त्री बन्ने आधारपुष्टि भएन भन्ने कारण देखाउदै सरकारको सिफरिसमा राष्ट्रपतिबाट ८ गते मध्यरातमा प्रतिनिधि सभा भंगको निर्णय गरेकोमा सञ्जालको ध्यानकर्षण भएको बताएको छ ।

उक्त विज्ञप्तीमा राष्ट्रप्रमुख गुट र दल भन्दा माथि रहि चौतर्फि हितको कार्य गर्नु पर्ने र वर्तमान राजनीति परिस्थिती देश र जनताको पक्षमा नभएकोले गैर संम्बैधानीक तानाशाही प्रकृतिको निर्णय फिर्ता गर्न समेत सञ्जालका संयोजक इन्द्र प्रसाद अर्यालद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको ।

राष्ट्रपतिद्धारा मध्यरातमा गरिएको निर्वाचन सम्बन्धि निर्णयको चौतर्फी आलोचना भैरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%

प्रतिक्रिया दिनुहोस