२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

श्रमिकहरुको सवालमा राज्यको ध्यानाकर्षण हुनु पर्नेमा जोड

२०७८ बैशाख ९, बिहिबार प्रकाशित ( साल अघि) १४१० पाठक संख्या

काठमाण्डौ ९, बैशाख । रेष्टुरेष्ट क्षेत्रमा कार्यरत श्रमिकहरुको सवालमा काम गर्दै आइरहेको विश्वास नेपालले बुधवार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलुकुमारी महतोलाइ ११ बुदे घोषणापत्र बुझाएको छ ।

घोषणापत्रलाइ वाचन गर्दै विश्वास नेपालकी सचिव बविता सापकोटाले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुलाइ राज्यले अरु क्षेत्रको श्रमिक सरह मान्यता नदिएको , श्रमिकहरु विभिन्न बाहनामा समाजिक बहिष्कारमा पर्दै गएको र दोहरी साझ र डान्सबारमा काम गर्ने भनेपछि कोठा भाडामा नदिने जस्ता कार्यहरु समाजमा हुदै आइरहेको” तर्फ राज्यलाइ ध्यानकार्षण गराउनु भएको थियो ।

उक्त कार्यक्रममा विश्वास नेपालकी कार्यकारी निर्देशक बालकुमारी आलेले ,“ मनोरञ्जन क्षेत्रलाइ रोजगारीको थलोको रुपमा स्थापना गर्नु पर्ने र साथै कोभिडका कारण रेष्टुरेन्ट बन्द भै बेरोजगार भएका श्रमिकहरुको गास,बास र कपासको आवश्यकता बढेको भन्दै त्यसतर्फ राज्य र सम्बन्धित निकाय को ध्यान जानु पर्नेमा जोड दिनु भयो ।

गत फाल्गुणमा काठमाण्डौ,नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, बाके बर्दिया , रुपन्देहि , कपिलबस्तु, कैलाली र कञ्चनपुर जिल्लाका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत श्रमिकहरुको राष्ट्रिभेलाबाटले ११ बुदे घोषणापत्र जारी गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस