२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

शुक्रबार देखि उपत्यकामा निषेधाज्ञा झनै कडा उल्लंघन गरे जरिवाना

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) २००७ पाठक संख्या

काठमाडौ जेष्ठ १४ । काठमाडौ उपत्यकामा शुक्रबार देखि निषेधाज्ञा झन कडा गरिने भएको छ ।

मंगलवार काठमाडौ , भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुको संयुक्त बैठकले शुक्रबार देखि एक हप्ता सम्म उपत्यकाको निषेधाज्ञा कडा गर्ने निष्कर्ष निकालिएको थियो ।

यश पटक किराना पसल डिपार्टमेन्ट स्टोर लगायतका पसल बन्द हुने तर दूध, माछा मासु र तरकारी पसल बिहान ९ बजेसम्म खोल्न सकिने बताइएको छ ।

कोभिड १९ को नियन्त्रण र ब्यवस्थापन गर्न बैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा मा संक्रमण दर नघटेको कारण थप कडाइ गर्नु परेको काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनु भयो ।

साथी निषेधाज्ञा उल्लंघन गरे जरिवानाको भागिदार बन्नु पर्ने पराजुलीले बताउनु भयो । यस अघि नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उलंघन गर्ने एक सय ८२ जनालाइ संक्रमण रोग ऎन २०२० बमोजिम २१ हजार रुपैया जरिवाना गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस