२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

शिक्षामा राज्यले आवश्यक लगानी गर्न सकेन : मुख्यमन्त्री पोखरेल

२०७८ कार्तिक १८, बिहिबार प्रकाशित ( साल अघि) ४२६ पाठक संख्या

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाल पोखरेलले शिक्षामा राज्यले आवश्यक लगानी गर्न नसकेके बताउनुभएको छ ।

बिहीबार शिक्षा समाज नेपालको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्न नवलपुर आउनुभएका मुख्यमन्त्री पोखरेलले शिक्षाको विकासका आवश्यक लगानी हुन नसकेको बताउनुभयो ।

केन्द्रले शिक्षा ऐन बनाउन ढिला गरेको अवस्थामा प्रदेशले बनाउने चेतावनी दिनुभयो । शिक्षामा जारी उमेरहद नमिलेको भन्दै उहाँले संशोधनको आवश्कता औल्याउनुभयो ।

कार्यक्रममा शिक्षा समाज नेपालका अध्यक्ष खड्गबहादुर कमालले अवकाशप्राप्त जीवनमा पनि देश र जनताका लागि काम गर्ने उद्देश्यले समाज स्थापना भएको स्पष्ट पार्नुभयो । यद्यपि राज्यले आफूहरूको अनुभव लिन नसकेको उहाँको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस