२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

विष्णु कार्कीलाई टिकट माग्न बालुवाटार पुगे नवलपुरका नेता तथा कार्यकर्ता

२०७९ आश्विन १३, बिहिबार प्रकाशित ( साल अघि) १७०२ पाठक संख्या

सतिश राई

कावासोती । आगामी मङ्सिर ४ गते हुने सङ्घीय निर्वाचनमा नवलपुर क्षेत्र न २ का लोकप्रिय नेता विष्णु कुमार कार्की नै आउनुपर्ने मागगर्दै क्षेत्र भित्रका कांग्रेसका नेता तथा कार्यकर्ता बालुवाटार पुगेका छन् ।

उनीहरुले नेपाली काङ्रेसका सभापती तथा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाको निवास बालुवाटारमा महासमिती सदस्य तथा जनजाती महासङ्घ केन्द्रीय अध्यक्ष ओम बहादुर थापाको नेतृत्वमा गएको ३८ जनाको संयुक्त टोलीले यसपटक कार्कीले टिकट नपाए सातौ पटक दुर्घटना हुने जानकारी दिए ।

२०७४ को निर्वाचनमा झिनो मतले तत्कालिन गठवन्धनको उम्मेद्वार सङ हार बेहोर्न पुगेका कार्की मत परिणाम पस्चात त्यही बसेर सङ्गठन बिस्तार गरिरहे । त्यहाको स्थानिय हरुको हरेक दुख सुखमा साथमा रहिरहेका कार्कीले ब्यक्तीगत रुपमा करोडौ लगानी गरेर विकास निर्माण गरिरहे त्यसैले अबको निर्वाचनमा कार्कीले टिकट पाए नयाँ ईतीहास रचिने क्षेत्रीय सभापती जगत बहादुर कार्कीले बताउनु भयो ।

वडा सभापती, ३ पालिका सभापती तथा पदाधीकारी,  प्रदेश सभा कार्य समिती सभपती सहित पदाधिकारी, क्षेत्रीय सभापती तथा पदाधीकारी,  जिल्ला सदस्यहरु,  महाधीवेशन प्रतिनिधी सथै  महासमिती सदस्यहरु सहितको टिम हाल कार्कीकै लागी टिकट माग गर्न स्वतस्फुर्त रुपमा काठमाण्डौमा आएको मध्यविन्दु नगर सभापती दोमन भण्डारीले जानकारी दिनुभयो ।

Received_3276096006006706

कार्की जत्तीको सामाजिक र विकासप्रेमी नेताले टिकट नपाउने पावर र पहुचको आधारमा मात्र टिकट आउने हो भने राम राम भन्न सकिन्छ काध थाप्न सकिदैन निर्विकल्प कार्कीनै उम्मेद्वार हुन पर्छ भन्नु हुन्छ प्रदेश सभा सभापती कृष्ण प्रसाद तिवारी ।

क्षेत्रीय सचिब राजु पाण्डेले टिकट बितरणमा रहनुहुने केन्द्रीय समितीका सबैलाई भेटेर माग पेश गरेका छौ सबैको सकारात्मक कुरा आएको छ ।  कार्कीलेनै टिकट पाउनु हुनेछ भन्दै आफु पुर्ण रुपमा विस्वस्त रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%५%५%४%

प्रतिक्रिया दिनुहोस