२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष थापाको निधन

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १९२३ पाठक संख्या

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको थिएन् ।

४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

थापाको उपचारका लागि भन्दै २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको थियो । उनलाई चिकित्सकहरूको सल्लाहमा भेन्टिलेटरभन्दा अत्याधुनिक उपचार आवश्यक देखिएपछि त्यसका लागि आर्थिक सहायता माग गर्दा उक्त रकम संकलन गरिएको थियो ।

अहिलेसम्म विदेशमा बस्नेहरूबाट ‘गोफन्डमी’ मा खोलिएको खातामा २२ हजार २ सय ९१ अमेरिकी डलर र नेपाली बैंक खातामार्फत् २६ लाख ५० हजार रुपैयाँ संकलन भएको थापाको परिवारबाट शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। अहिलेलाई यो रकम पर्याप्त भएकाले आर्थिक संकलन बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस