२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

विद्या चापागाईको प्रस्तुतिमा जब समाजको आत्मा बोल्छ तब बन्छ मार्मिक राउटेको कथा (भिडियो)

२०७५ पौष १, आईतबार प्रकाशित ( साल अघि) १२०३ पाठक संख्या


प्रकाशित मिति : १ पुष २०७५, आईतवार

राउटेहरु आएर बसेको थाहा पाएपछि हामी सुर्खेतको लेकबेसी नगरपालिकाको एउटा गाउँछेउ पुग्यौं ८-१० वटा पाल टाँगिएका थिए । दैलेखछेउको डाँडाबाट उनीहरुको समूह केही दिन पहिले आइपुगेको रहेछ । अर्को ठूलो समूह चाहिँ माथि डाँडामै भएको थाहा पायौं । भोलिपल्ट बिहानै फेरि हामी यसै थलोमा पुग्यौं । डाँडामा बसेका राउटेको ठूलो समूह आज बसाइँ सर्ने तयारी गरेको थाहा पायौं । हामी डाँडा उक्लिने भयौं ।

२-३ घन्टाको उकालो काटेर डाँडामाथि पुग्दा राउटेहरु बाटो लागिसकेका थिए । कोहीकोही अझै पोका पन्तुरा कस्दै थिए । जंगल र भीर छिचोल्दै राउटेको समूह अगाडि बढ्यो । लगभग ३ घन्टाको ओरालो हिँडेपछि उनीहरु एउटा गाउँछेउको बगरमा पुगे । नयाँ थलो यहिँ बनाउने निर्णय भयो । भारि बिसाए ।

विद्याको ‘मरिसकेको मान्छे’ लाई बेस्ट डकुमेन्टरी अवार्ड साथै २ लाख ७५ हजार रुपैया प्राप्त

हेर्ने कथाकी चर्चित कार्यक्रम प्रस्तोता बिद्या चापागाईद्वारा निर्मित ‘मरिसकेको मान्छे’ले १५ औँ “किम्फ नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री अवार्ड” जितेको छ। मंगलबार समापन समारोहमा ‘मरिसकेको मान्छे’ले उत्कृष्ट हुँदै अवार्ड जितेको हो। वैदेशिक रोजगारीमा गएका युवाको मृत्यु भएको र उसको शव अर्कै परिवारमा पुर्‍याइएको कथा हो ‘मरिसकेको मान्छे।’

जुन परिवारले युवाको अन्तिम संस्कार गर्छ, दुई महिनापछि उनी ज्यूँदै भएको खबर आउँछ। यहि परिवेशमा कथा घुमेको छ। यो डकुमेन्ट्रीको निर्देशन विद्या चापागाई र कमल कुमारले गरेका हुन्। उनीहरुलाई ७५ हजार रकम सहित सम्मान गरिएको छ।

साथै किम्फ डक ल्याब पिच २०१८ अन्तर्गत विद्या चापागाईंलाई नयाँ प्रोजेक्टका लागि बृटिस काउन्सिलबाट २ लाख रुपैयाँ प्रदान गरिएको छ।

हेर्नुहोस राउटेको कथा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस