२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

विकास निर्माणमा नागरिकको सहयोग आवश्यक : अष्टलक्ष्मी शाक्य

२०७८ बैशाख ५, आईतबार प्रकाशित ( साल अघि) १३४४ पाठक संख्या

काठमाण्डौ ५ वैशाख । विकास निर्माणमा नागरिकको सहयोग आवश्यक रहेको वाग्मती प्रदेश सांसद माननीय अष्टलक्ष्मी शाक्यले बताउनु भएको छ ।

शनिवार काठमाण्डौ महानगरपालिका वडा न १५ मा जनमार्ग टोलसुधार समितिको नव निर्मित भवन उदघाटन गर्दै शाक्यले उक्त कुरा बताउनु भएको हो । “साथै राज्यबाट हुने हरेक विकासका कार्यहरुमा जनताको प्रत्यक्ष सहमागिता रहने र संरक्षण गर्ने जिम्मा पनि जनतालाइ नै हुने ” बताउनु भयो ।

कार्यक्रममा चःमति जग्गा एकीकरण आयोजना प्रमुख राम बाबु महतोले , “आफनो लक्ष्य अनुसार नै जनमार्गमा भवन निर्माण गर्न सकेको बताउदै यदि चःमती क्षेत्रमा कहि बाटो घाटो निर्माण गर्नु आवश्यक छ भने आयोजना विकासको कार्य गर्न तयार रहेको” जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै संघिय संसदका सांसद जीवनराम श्रेष्ठले ,“ दिनप्रतिदिन बढदै गैरहेको शहरीकरणका कारण बालबच्चाहरुलाइ खेल्ने ठाउँको अभाव भएको साथै बृद्धाहरुलाइ घुम्न ठाउँ नभएको बताउदै नव निर्मित भवनको अगाडि पार्कको निर्माण गरिने ” जानकारी दिनु भयो ।

सोहि कार्यक्रममा कामपा वडा नम्बर १५ का अध्यक्ष इश्वरमान डंगोलले, चःमती क्षेत्रमा विकास निर्माणको कार्यहरु आफनो कार्यकालमा भएको मा खुशि व्यक्त गर्नु भएको थियो ।

जनमार्ग टोलसुधार समितिका अध्यक्ष जगदिश्वरलाल श्रेष्ठले ,“स्थानीय सरकार र नागरिक मिलेर स्थानीय स्तरमा विकासका कार्यहरु गर्नु पर्ने ” मा जोड दिनु भयो। उक्त जनमार्ग टोल सुधार समितिमा ९ जना कार्य समितिमा र ३ जना सल्लाहकारहरु उक्त समितिमा रहेको टोल सुधार समितिका सचिव ताराबाहादुर रानाभाटले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस