२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या

२०७८ बैशाख १८, शनिबार प्रकाशित ( साल अघि) १५९९ पाठक संख्या

नवलपुर । रूपन्देहीमा कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्।

सैनामैना नगरपालिका– १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय एक पुरुषले शनिवार बिहान अस्पतालको शौचालयमा झुन्डिएर आत्महत्या गरेकाे अस्पतालका स्वास्थ्य प्रमुख मेहराज पन्थीले नवलपुर न्युजलाई जानकारी दिए ।

‘उहाँमा खासै स्वास्थ्य समस्या पनि थिएन,’ प्रमुख पन्थीले भने– ‘तर उहाँले आत्महत्या गर्नुभएछ । स्वास्थ्य अवस्था सामान्य थियो । एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’

तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो ।

अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् । बुटवलको कोरोना अस्पतालमा मात्र मृत्यु हुनेको संख्या १ सय २८ पुगेको अस्पतालले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस