२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

राष्ट्रपति रनिङ्ग शिल्ड : मणि संगम मावि पहिलो

२०७७ चैत्र १, आईतबार प्रकाशित ( साल अघि) ९६० पाठक संख्या

नवलपुर– पूर्वी नवलपरासीमा भएको १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदक सहित मणिसंगम मावि डाँडाजोर जिल्ला प्रथम भएको छ ।

कावासोती १४ जनता मावि त्रिभुवनटारमा भएको फाइलन प्रतियोगितामा मध्यविन्दु बहुमुखी कलेज कावासोती ४ स्वर्ण र १ रजतसहित दोस्रो भएको छ भने जनता मावि त्रिभुवनटार ३ स्वर्ण १ रजत सहित तृत्तीय भएको छ ।

शुक्रबार र शनिबारगरी दुई दिनसम्म चलेको प्रतियोगितामा जनता मावि बेलुवा २ स्वर्ण, २ रजत सहित चौथो, भानुदय नमुना मावि दुम्कीबास २ स्वर्ण, १ रजत र १ कास्य सहित पाँचौ, मुकुन्दसेन इलिङ्ग बोर्डिङ स्कूल २ स्वर्ण, १ रजत र १ कास्य सहित छैठौं र सिद्धार्थ बोर्डिङ स्कूल २ स्वर्ण र १ कास्य पदकको साथमा सातौँ भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस