२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

राप्ती नदीमा दुई युवतीको शव फेला

२०७९ मंसिर १८, आईतबार प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

नेपालगन्ज, मङ्सिर १८ गते । राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेको छ । बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव भेटिएको छ ।

शनिवार बयर टिप्न गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।

शनिवार बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिएकोमा आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवै युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ती मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा फेला पारेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

उनीहरूको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाउने तयारी भइरहेको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।गोरखापत्र अनलाइन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस