२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

रजहरको प्राकृतिक चिकित्सालयले पुन प्राकृतिक चिकित्सा सेवा संचालन गर्ने

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) १६१३ पाठक संख्या

देवचुली । पुर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको प्राकृतिक चिकित्सालयले पुन प्राकृतिक चिकित्सा सेवा संचालन गर्ने भएको छ । यही असार १० गतेबाट प्राकृतिक चिकित्सालयले आँफूहरुले प्रदान गर्दै आइरहेको सेवालाई निरन्तरता दिने जानकारी दिएको हो ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै कोरोना अस्पताल संचालनका लागि तयारी अवस्थामा रहेको चिकित्सालयले अन्य सेवालाई बन्द गरेको थियो ।

चिकित्सालयले पहिलो लहरको कोरोना संक्रमणको समयमा जिल्ला अस्पताल अन्तर्गतको अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गरि करिब ७ सय भन्दा बढि कोरोना संक्रमितको उपचार गर्न सफल भएको थियो ।

अहिलेको दोस्रो लहरमा प्राकृतिक चिकित्सालयलाई अस्पतालका रुपमा प्रयोग नगरिए पनि अस्पतालका स्वास्थ्यकर्मीहरुले कोरोना बिरामीहरुलाई फोन, एसएमएस मार्फत सेवा प्रदान गरेर संक्रमितको मनोबल उच्च राख्ने जस्ता कार्य गरेको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिनुभयो ।

लामो समय देखि प्राकृतिक विधिको उपचार ठप्प रहेकाले अब निरन्तरता दिने बताउँदै उपचारमा आउनु अगाडि चिकित्सक सँग परामर्श लिनुपर्ने डा.पौडेलले जानकारी दिनुभएको छ ।

प्राकृतिक चिकित्सालयले असार १० गतेदेखि नियमित रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरि प्राकृतिक चिकित्सा सेवा संचालन गर्न लागिएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%३%

प्रतिक्रिया दिनुहोस