२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मनकारी मेयर जसले नगरबासिको दुख देख्न सकेनन्

२०७७ भाद्र १३, शनिबार प्रकाशित ( साल अघि) १०४६ पाठक संख्या
किरण भुर्तेल

नवलपुर,भाद्र १३। नवलपुरको मध्यविन्दु नगरपालिकाका मेयर चन्द्र बहादुर रानाले अत्यन्तै मानवीय कार्य गरेका छन। विभिन्न कार्यक्रमको सिलसिलामा मध्यविन्दु १५ हर्बास्टार पुगेका उनले स्थानीय बाबुराम कुमालको अवस्था दयनिय देखेपछी सहयोग गरेका छन। जारी निषेधाज्ञाले गर्दा दैनिक ज्यालादारी गर्न नपाउदा २,३ दिन देखि खाना खान समेत समस्या भएको जानकारी पाएपछी मेयर रानाले तुरुन्तै खाद्यान्न सामाग्रीको व्यवस्थापन गरिदिएका छन।साथै उनी लगायत केही वडा सदस्यको समन्वयमा उक्त घरमा बिजुलीको मोटार जडान समेत गरिदिएका छन।उनले घरको अवस्था अत्यन्तै नाजुक देखेपछी घर निर्माणमा समेत आर्थिक सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गरे।                                                                  FB_IMG_1598680173700.jpgआफुलाइ  नगरपालिका भित्रका यस्तै मान्छेहरुले विश्वास गरेर मेयर बनाएको हुदा उनिहरुको दुखमा आफुले  सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि आफुबाट हुन सक्ने सहयोगका लागि हरदम तयार रहेको नगर प्रमुख रानाले बताए। आफुहरुको कमजोर अवस्था देखेर नगरप्रमुख आफै आएर सहयोग गर्दा आफुहरु अत्यन्तै खुसी भएको भन्दै पिडित बाबुराम कुमालले धन्यवाद दिएका छ्न।सहयोगी मेयर चन्द्र बहादुर राना स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसबाट बिजयी भएका थिए।

FB_IMG_1598680169325.jpg
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस