२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

२०७८ अषाढ १४, सोमबार प्रकाशित ( साल अघि) २११७ पाठक संख्या

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् । भरतपुर महानगरपालिका–२६, हिरापुरमा मोटरसाइकलको ठक्करबाट स्थानीय नौ वर्षीया प्रकृति नेपाली घाइते भएकी हुन् ।

पैदल हिँडिरहेकी उनलाई गए राति ११ बजेतिर ना५५प ८८३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको कलेज अफ मेडिकल साइन्स अस्पताल उपचार भइरहेको छ ।

मोटरसाइकलसहित चालकलाई प्रहरीचौकी रामपुरले नियन्त्रणमा लिएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस