२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मैले प्रधानतमन्त्री मागेको छैन, जिम्मेवारी दिए छोड्दिन:देउवा

२०७७ फागुन १९, बुधबार प्रकाशित ( साल अघि) १२२९ पाठक संख्या

चितवन , १९ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री नमागेको तर अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन् ।

‘मैले प्रधानतमन्त्री मागेको छैन’, देउवाले भने, ‘जिम्मेवारी छोड्दिन ।’ देउवाले आफूलाई हतार नभएको तर जिम्मेवारी दिए त्यसलाई स्वीकार गर्ने बताएका हुन् ।

पुस ५ गते प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।  फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

देउवाले भने पार्टीको आधिकारिकता विवाद पहिला समाधान गर्न प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।#अन्नपूर्णपोस्ट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस