२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

मेलम्ची खानेपानी आयोजनाका आठ जना कामदार बेपत्ता

२०७८ अषाढ ३, बिहिबार प्रकाशित ( साल अघि) १३४१ पाठक संख्या

मेलम्ची खानेपानी आयोजनाले आफ्ना आठ जना कामदारहरु सम्पर्क बिहिन भएको जनाएको छ । जसमा तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपाली रहेका छन् ।

सम्पर्कबिहिन कामदारहरुको खोजी तथा उद्धारका लागि आयोजनाले अपिल गरेको छ ।

मेलम्ची नदीमा आएको बाढीले हेडवक्र्स नजिकैको क्याम्प साइट बाढीले बगाएपछि रातीदेखिनै प्रहरी, सेना, सशस्त्र र स्थानीयको सहयोग लिई समितिले खोज तथा उद्धारको कार्य सुरु गरेको थियो ।

बाढीले आयोजनाको क्यापमहरु, उपकरणहरु, निर्माण सामाग्रीहरु, पहुँच सडकहरु तथा पुलहरुलाई बगाएको आयोजनाले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस