२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मिलन चाम्सको दशैं भिडियो

२०७७ आश्विन ३०, शुक्रबार प्रकाशित ( साल अघि) १२१० पाठक संख्या

३० असोज, शुक्रवार। हिन्दूू नेपालीको महान् चाड दशैं नजिकिएसँगै दशैं तिहार विशेष गीतहरू धमाधम बजारमा आउन थालेका छन्। यसै क्रममा लोकप्रिय फिल्म निर्देशक मिलन चाम्सद्वारा निर्देशित दशैं–तिहार गीत सार्वजनिक भएको छ।
दशैं–तिहार बोलको गीत सुजन तिगेला लिम्बु र मेलिना राईले गाएका छन्।

यो गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। भिडियोमा अभिनेता आर्यन सिग्देल, आँचल शर्मा, सुजन तिगेला लिम्बु, रेबिका गुरुङ र क्षितिज सुवेदीलाई निर्देशक चाम्सले दशैं–तिहारको माहौलमा आकर्षक ढंगले प्रस्तुत गरेका छन्।

सुदीप बरालले छायांकन गरेको भिडियोमा कविराज गहतराजको दर्शनीय कोरियोग्राफी रहेको छ। भिडियोमा सन्देश शाहको सम्पादन, जुनिम गहतराजको कलर संयोजन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ। भिडियो गायक सुजन तिगेला लिम्बुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस