२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मितिनी नेपालले मनायो होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस 

२०७९ जेष्ठ ४, बुधबार प्रकाशित ( साल अघि) ९२८ पाठक संख्या

काठमाडौं । मितिनी नेपालले एक कार्यक्रमको बिच होमोफोबिया, बाइफोबिया र ट्रान्स फोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । “हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार” नारा रहेको सो दिवसमा समलिङ्गी हुनु कुनै फोबिया होइन यो प्राकृतिक कुरा हो बताइएको छ ।

 

मङ्गलवार दिवसको उपलक्ष्यमा गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुनले मितिनी नेपाललाई फोबिया विरुद्धको दिवसको अवसरमा धन्यवाद दिदै सम्मानित सर्वोच्च अदालतबाट कानुनी मान्यता समेत पाइसकेको यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय प्रति समाज भित्र रहेको गलत धारणा हटाई मानव अधिकारको सवालमा सम्मान दिनु पर्ने बताउनु भएको छ ।

 

कार्यक्रममा यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरूको जीवनीमा आधारित पुस्तकको विमोचन समेत गरिएको छ । यसैगरी लामो समयदेखि सँगै बस्दै आएका समलिंगी जोडीहरूलाइ   समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा लुम्बिनी प्रदेशका शिला गुरुङ र सीता राणा हुनुहन्छ भने यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका सुमन तामाङलाई परिवारले स्वीकार गरेको कारण आमा बुबालाई सम्मान गरिएको थियो । मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायले कानुनी मान्यता पाएयता पनि व्यवहारिक मान्यता पाउन कठिन रहेको गुनासो व्यक्त गर्नु भयो ।

 

यसैगरी कार्यक्रममा अधिकारकर्मी रीता थापा, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, सूचना आयोगकका प्रमुख आयुक्त महेन्द्र मान गुरुंग र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिनाले मन्तव्य व्यक्त गर्नु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मे १७ का दिन सम्म लैगिंकतालाइ मानसिक रोग होइन यो प्राकृतिक प्रक्रिया हो भनेर घोषणा गरेको थियो । सोही घोषणाको सम्झनामा उक्त दिवस मनाइएको हो ।  मितिनी नेपाल सन् २००६ देखी यौनिक तथा लैगिंक अल्पसङ्ख्यकहरूको मानव अधिकारको सवालमा पैरवी गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस