२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मानव बेचविखन तथा ओसारपसार रोक्न समन्वय सहकार्य

२०७९ मंसिर १२, सोमबार प्रकाशित ( साल अघि) ७५६ पाठक संख्या

काठमाण्डौ  । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको लागि सरकारी तथा समाजिक संस्थाहरूको समन्वय सहकार्य आवश्यक रहेको एक परामर्श गोष्टी कार्यक्रमका वक्ताहरूले बताएका छन ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा सीमापारि हुने मानव बेचविखनको सवालमा परामर्श गोष्ठी आइतबार सम्पन्न भएको हो। कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सह सचिव लक्ष्मी कुमारी बस्नेतले , “बेचविखनबाट प्रभावितहरूको सुरक्षित स्वदेश फिर्ती सम्बन्धमा नीति बनाउन लागिएको र मन्त्रलायले मानव बेचविखन तथा ओसारपसार रोक्न सबै प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिरहेको ” जानकारी दिनु भयो ।

सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले , “मानव बेचविखनको स्वरूपमा परिवर्तन आएकोले हामीले अब फरक ढंगले काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले , “काठमाण्डु महानगरपालिकाको ३२ वडामा मानव बेचविखन विरुद्धको समिति बनाउने” जानकारी दिनु भयो । सबै अपराधको मूल जरो लैङ्गिक विभेद रहेको र विभेदले समस्या पार्ने बताउँदै समाजमा सचेतना आवश्यक रहेको समेत जिकिर गर्नु भयो ।
यसैगरी राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बहादुर बनियाले बेचविखन रोक्न सबै संस्थाहरू बिच सहकार्य आवश्यक रहेको बताउनु भयो । समाजिक अपराध रोकथामको लागि एक्यवधता हुनु पर्ने बताउँदै बालबालिकाको अधिकार सुरक्षित गर्न राष्ट्रिय बाल अधिकार परिषदले हरेक स्थानीय निकायसँग सहकार्य गरिहेको समेत जानकारी दिनु भयो । बनियाले जोखिममा रहेका व्यक्तिहरूको उद्धार कार्य र बेचविखनबाट प्रभावितहरूको आकडा सही राख्न अपिल गर्नु भएको थियो ।

जघन्य अपराध कोहीलाई पनि स्वीकार्य नहुने र मानव बेचविखन रोक्न महिलाहरू लाइ हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने महान्यायाधिवक्ता कार्यालयका लक्ष्मण घिमिरेले बताउनु भएको छ । घिमिरेले, “निती निर्माण तहमा पुगेका व्यक्तिहरूले अपराध रोकथामको लागि पहल गर्दै समाजिक संस्थासँग सहकार्य गर्नु पर्ने” कुरामा जोड दिनु भयो ।

यसैगरी कार्यक्रममा मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दान बहादुर मल्लले, “प्रभावितहरू जाहेरी दरखास्त दिन डराउने यदि घटना दर्ता भएपनि सम्पर्कमा नआई दिने जस्ता चुनौती ब्युरोसँग रहेको बताउँदै भिजिट भिसा वैदेशिक रोजगारले जोखिम ल्याउने मुल जरो भएकोले सरोकारवालाहरूलाई त्यसतर्फ ध्यान दिनु पर्ने मल्लको भनाई थियो । यसरी भिजिट भिसामा विदेश जान लागेको तर काम बारे जानकारी नै नभएको व्यक्तिहरूलाई स्वदेश विमान स्थलबाट फर्काइएको मल्लले जानकारी दिनु भयो ।

शक्ति समूहको आयोजनामा सम्पन्न कार्यक्रममा बेचविखनबाट प्रभावितहरूको उद्धार स्वदेश फिर्ती, पुर्नस्थापना र प्रभावकारी पूर्नमिलनको बारेमा छलफल भएको थियो । कार्यक्रममा शक्ति समुहकि कार्यकारि निर्देशक बालकुमारी मगरले मानव बेचविखनको अवस्था , प्रभावितहरूको पुर्नस्थापना र पारिवारिक मिलनबारेमा प्रस्तुती गर्नु भएको थियो भने अर्ज इन्डियाका प्रतिनिधिले भारतमा अदालतले नै मानव बेचविखनबाट प्रभावितहरूको उद्धार र पुर्न मिलनको लागि ध्यान दिएको बारेमा प्रस्तुती गर्नु भयो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकि अध्यक्ष कमला पराजुली , शिक्षा मन्त्रालयका रमा आर्याल, महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायकि उपसचिव मिना पौडेल र शक्ति समुहका अध्यक्ष चरिमाया तामाङ्गले मानव बेचविखन प्रभावितहरूको अवस्थाबारे मन्त्व्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमलाई सहजिकरण महिला बालबालिका विरुद्धको सहकर्मी समुहकी कार्यकारि निर्देशक बेनु गुरुङ्गले गर्नु भएको थियो । नेपाल सरकारको सहकार्यमा भएको सो कार्यक्रमलाई एक्प्याक्ट लगजम्बर्गले सहयोग गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस