२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मानविय सेवामा जुट्दै सशस्त्र प्रहरी पश्चिम नवलपरासी

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित ( साल अघि) १३५० पाठक संख्या

उमेश बि.क

नवलपरासी ,९ असाेज । सशस्त्र प्रहरी बल बिओपि इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्द नेतृत्वमा सशस्त्र प्रहरी भुजहवाले जनताकाे दुखमा साथ दिदै विस्थापित ५ अस्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ ।

नवलपरासीको सरावल गाउँपालिका स्थित बुडन्तवापुरमा ४ स्थायी घर तथा १ वटा भटवलियामा निर्माण गरि बस्नमा सहजता प्रदान गरेको हाे । तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् ।

सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । तिन दिनदेखि परेक बर्षाका कारण साे क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।

डुवानका कारण सरावल गाउँपालिका वडा नं. ५ ,६ र ७ खडाैना ,मधवलिया, नाैडिहवा , भुजहवा ,गडाैरी कुर्थावल,पुसाैलि गरि ३० घर विस्थापित तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ भने शंकरपुरकाे पप्पु चाैधरीकाे घर भत्केको स्थानीय धनपाल चाैधरीले जानकारी दिनुभएको छ ।

घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी आउने तथा फाेहाेर पानीको कारणले गर्दा शरीर चिलाउने गरेको स्थानीयले जानकारी दिएका छन ।

अहिले सम्म कुनै मानवीय क्षेती नभए पनि पशु चौपायामा भने ठुलो क्षेती भएको छ । विस्थापित घर परिवारलाई छिमेकी तथा सार्वजनिक स्थानमा सुरक्षीत साथ राखिएको र क्षेतीको विवरण संकलन गर्न कार्य भैरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस