२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

माओवादी केन्द्र नवलपुरले गर्याे जिम्मेवारी बाँडफाड

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) ११७७ पाठक संख्या

कावासोती । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) नवलपुरले जिम्मेवारी बाँडफाड गरेकाे छ ।

शनिबार दलदले स्थित साहारा पार्टी प्यालेसमा बसेकाे जिल्ला समितिको पुर्ण बैठकले नवलपुरका सबै पालिकाहरूमा पार्टी विस्तार र निर्माणका लागि प्रदेश कमिटिका सदस्यहरूलाई जिम्मा दिईएकाे छ । गैडाकाेट नगरपालिकामा धनप्रसाद सापकाेटा, देवचुली नगरपालिकामा बालकृण्ण रानाभाट, कावासाेती नगरपालिकामा टंकमणी शर्मा, मध्यविन्दु नगरपालिकामा ताराप्रसाद भूषाल, हुप्सेकाेट गाउँपालिकामा सुष्मा खनाल`सम्झना´, विनय त्रिवेणीमा कार्यलय अन्तर्गत मित्रशरण शर्मा `विहानी´, बाैदीकाली गाउँपालिकामा टंकमणी शर्मा र बुलिङ्टार गाउँपालिकामा धनप्रसाद सापकाेटाले नै हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरेकाे छ ।

नेकपा रहँदा जहाँ जहाँ अध्यक्ष वा सचिव थियाे त्यसैलाई नै निरन्तरता दिने पनि निर्णय गरेकाे छ । यही चैत्र १८ र १९ गते भित्र सबै गाउँपालिकाकाे बैठक बसि सक्ने, २५ गते भित्र ९२ वटै वडा कमिटि निर्माण र बैठक बस्ने, ३० गते भित्र सबै जनवर्गीय संगठनकाे बैठक बसि सक्ने र ३१ गते भित्र सबै कमिटिकाे नामावली प्रदेशमा पठाईसक्ने गरी निर्णय गरेकाे छ ।

त्यसैगरी जनवर्गीय संगठन अन्तर्गत युवामा बलराम घर्तिमगर `पवन ´, विद्यार्थीमा हरि सिग्देल, महिलामा सृजना शर्मा र सरला पाेख्रेल, मजदुरमा सानुकाजी डंगाेल र खल बहादुर बुढा तुफान, उद्याेग/व्यापारमा केदार पराजुली र षडानन्द सापकाेटालाई हेर्ने जिम्मा लगाईएकाे छ ।

त्यसैगरी सुचना तथा सञ्चारमा दिपक भट्टराई र अर्जुन अविरललाई जिम्मा दिने निर्णय गरेकाे छ । मित्रशरण शर्मा विहानीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा ( माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र नेकपा (माओवादी केन्द्र )का केन्द्रीय सदस्य किशन शर्माकाे उपस्थिति रहेकाे थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस