२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

मनाङेले मन्त्री पदमा लिए शपथ

२०७८ बैशाख १६, बिहिबार प्रकाशित ( साल अघि) १५९८ पाठक संख्या

पोखरा । गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन् ।

 

सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए ।

 

उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उपस्थित भएका थिएनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस