२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु – ३ मा लागु औषध तथा दुर्व्यसनी सम्बन्धि अन्तरकृर्या कार्यक्रम सम्पन्न

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) १४४३ पाठक संख्या

मध्यबिन्दु । मध्यविन्दुमा नागरीक प्रहरी लागु औषध तथा दुर्व्यसनी सम्बन्धि अन्तरकृर्या कार्यक्रम वडा नं ३ फुलवारी सामुदायिक पुस्तकालयमा सम्पन्न भएको छ ।

नगरका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर ओम कुमारी महतोे प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै महतोले पछिल्लो समय समस्याका रुपमा लागु औषध तथा दुर्व्यसनी रहेको बताउदै यसको न्युनिकरणमा एक व्यक्ति मात्र नभई सबै हातेमालो गनु पर्ने बताउनु थयो ।

त्यसमा पनि साना स्कुले विद्यार्थीलाई अझ ख्यालमा राखर्नु पर्ने अवस्था आएको भन्दै अभिभावकलाई पनि ख्याल गर्न आग्रह गर्नु भयो ।

विशेष अतिथि जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर विष्णु रिजालले टिन यजका व्यक्ति यस्ता लागु औषध तथा दुर्वेसनिमा फस्ने गरेको बताउदै आफ्नो तर्फबाट प्रहरीहरुलाई पनि सक्दो सहयोग गरे दुर्व्यसनी न्युनिकरणमा टेवा पुग्ने बताउनु भयो ।

त्यस्तै वाड अध्यक्ष अमर महतो र गैसस नवलपुरका अध्यक्ष बद्री नाथ नेपालले पनि आफ्ना भनाईहरु राख्नुभएको थियो । मेलमिलाप कर्ता सुभाष नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण मेलमिलाप संयोजक सरिता के.सी गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस