२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु सेहरिमा चट्याङका कारण १ भैसीको मृत्यु, दुईजना घाइते

२०७९ श्रावण ११, बुधबार प्रकाशित ( साल अघि) ९७८ पाठक संख्या

कोल्हुवा । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर २ सेहरिमा चट्याङका कारण मिटर सर्किट हुँदा करेन्ट लागेर एउटा भैसीको मृत्यु भएको छ । भने दुई जना मानिस घाइते भएका छन् ।

स्थानीय एकल महिला यन कुमारी कुमालको गोठमा बाँधिराखेको भैंसी करेन्ट लागेर मृत्यु भएको हो ।

FB_IMG_1658923841910

वडाअध्यक्ष रामभक्त अधिकारीका अनुसार गएराति २ बजे गोठमा चट्याङ पर्दा विद्युत मिटर बक्स पड्किदा तार छुट्टिएर भैसीलाई करेन्ट लाग्दा मृत्यु हुनुको साथै विद्युत सर्किटमा समेत क्षति पुगेको छ ।

यन कुमारी लगायत उहाँको छोरी घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको वडाअध्यक्ष अधिकारले बताउनु भयो । पीडितलाई तत्काल क्षतिपूर्ति व्यवस्था गर्ने उहाँको भनाइ छ ।

FB_IMG_1658923828380

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस