२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु पुरुष भलिबल प्रतियोगिताको उपाधि ३ नम्बर वडालाई

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ६७९ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगर खेलकुद विकास समितिको आयोजनामा मध्यविन्दु–२ कोल्हुवामा वडास्तरीय भलिवल प्रतियोगिताको पुरुष तर्फ वडा नं ३ प्रथम हुन सफल भएको छ । वडा नं २ द्धितिय भएको छ भने तृतीय वडा नं १३ भएको हो ।

नगरका खेलकुद विकास समितिका अध्यक्ष मेघराज पान्डेको अध्यक्षता भएको जिल्ला फुटवलसंघका अध्यक्ष सरोज महतो, नगर प्रशाशकिय प्रमुख ज्ञान प्रसाद पनेरु ,नगर उपप्रमुख पुर्णकला चौधरी , वध्यक्ष रामभक्त अधिकारी ,  विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधीकारी, समाजसेवि खेलाडि तथा खेल प्रेमीहरुको उपस्थीति रहेको थियो । नगरका खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिङ ठकुरीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

IMG 20230318 WA0033

त्यस्तै प्रतियोगीतामा प्रथम हुने वडा नं ३ लाई  ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र, द्धितिय हुने वडा नं २ लाई २० हजार नगद कप , मेडल र प्रमाणपत्र र तृतीय हुने वडा नं १३ लाई १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे ।

IMG 20230318 WA0030

प्रतियोगितमा बिजेता हुने टिमका खेलडीहरूलाई समापन कार्यक्रममा नगर उपप्रमुख पुर्णकला चौधरी , नगर प्रशाशकिय प्रमुख ज्ञान प्रसाद पनेरुले पुरस्कार वितरण तथा वधाई ज्ञापन गर्नुभएको थियोे ।

IMG 20230318 WA0017

त्यसैगरी हिजो सप्पन्न भएको महिला तर्फको खेलमा वडा नं १ प्रथम हुन सफल भएको थियोे भने वडा नम्बर १५ द्वितीय र सान्तवना पुरस्कार वडा नम्बर २ र ४ ले पाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस