२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा सङ्कलित १०८ नमूना स्वाव सबै नेगेटिभ

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित ( साल अघि) १२३८ पाठक संख्या

प्रिय धन

५ भदौ २०७७ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा पछिल्लो पटक सङ्कलित सबै स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।
गत भाद्र ३ गते नवजागरण बहुमुखी क्याम्पस चोरमारा मा सङ्कलित १०८ स्वाब सबैको नतिजा नेगेटिभ अर्थात् कोरोना नभएको आएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधव पोखरेलले जानकारी दिनुभयो ।
यसअघि मध्यविन्दु नगरपालिकामा साउदी अरबबाट आएका १ पुरुषमा कोरोना सङ्क्रमण भेटिएपछि कन्ट्रयाक्ट ट्रेसिङ सहित पत्रकार , स्थानीय व्यापारी , होम क्वारेन्टाइन मा रहेकाहरुको नमूना सङ्कलन गरिएको थियो । यसअघि मध्यविन्दु नगरपालिका वडा नम्बर ८ मा एकजनामा कोरोना देखिएपछि स्थानीय त्रसित थिए तर कन्ट्रयाक्ट ट्रेसिंङका आधारमा परीक्षण गर्दा परिवारका सदस्यहरुमा पनि कोरोना नभएको देखिएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताउनुभयो ।
तर नतिजा नेगेटिभ आयो भन्दैमा स्वास्थ्य मापदण्ड ख्यालै नगरी बाहिर हिँड्न भने नहुने भन्दै सावधानी अपनाउन समेत स्वास्थ्य शाका प्रमुख माधव पोखरेलले आग्रह गर्नुभएको छ ।
मध्यविन्दु नगरपालिकामा हाल सम्ममा ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ र ५६ जना निको भएर घर फर्किसकेका छन् भने १ जना पुरुष प्राकृतिक चिकित्सालय रजहर को आइसोलेसन मा उपचाररत छन् ।
अहिले नगरभित्र समुदाय स्तरको क्वारेन्टाइन मा ९ जना र होम क्वारेन्टाइन मा ४० जना रहेको स्वास्थ्य शाखाले दर्पण एफएम लाई जानकारी दिएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस