२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुदै, वडाका मतपेटिका खोलियो

२०७९ बैशाख ३१, शनिबार प्रकाशित ( साल अघि) १८७० पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा मतगणना सुरु हुने तयारी भएको छ ।

अहिले मतगणनका लागि मतपेटिका खोलिएको छ । निर्वाचन आयोगले वडा नम्बर १ को मतपेटिको खोलिएको जानकारी दिएको छ ।

उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

20220514_162239_compress10

 

मध्यविन्दु नगरपालिका वडा नम्बर १ बाट सबैभन्दा पहिला मतगणना सुरुहुने भएको छ ।  शुक्रबार सम्पन्न भएको निर्वाचनमा मध्यविन्दु नगरपालिकामा ७३.९३ प्रतिशत मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%४%३%२%१%२%

प्रतिक्रिया दिनुहोस