२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा कृषकलाई निःशुल्क घाँसका बिरुवा वितरण

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( साल अघि) २१५९ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा किसानलाई डाले घाँसका बिरुवा वितरण गरिएको छ । मध्यबिन्दु नगरपालिकाका किसानलाई डालेघाँसका बिरुवा वितरण गरिएको हो ।

नगरपालिकाको दुई लाख आर्थिक सहयोगमा पशु सेवा शाखाले घाँसका बिरुवा वितरण गरेको पशु सेवा शाखाका प्रमुख ज्ञान प्रसाद भट्राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न प्रकारका किम्मु – ६०००, राईखनियो – १५००, बडहर – १५०० र निमारो – १५०० घाँसका बिरुवा वितरण गरिएको छ ।

FB_IMG_1622721161692

मध्यबिन्दु नगरपालिकाका कृयाशिल पाँच दुग्ध उत्पादक सहकारी संस्थाहरु पाँच पाण्डब , प्रकृति कृषि , हरिनारायण , नवदुर्गा र अमृत कृषि संस्था साथै वडाका कृषक, कृषि समूह, कृषि सहकारी समूह र निजी फारमहरू समेतलाई उक्त घाँस वितरण गरिएको हो ।

नगरमा दानामा आधारित पशुपालनले गर्दा किसानाई आर्थिक लाभ लिन कठिनाइ हुने गरेकाले बहुबर्षे डाले घाँसले किसानलाई राहत दिलाउन बिरुवा वितरण गरेको उप प्रमुख ओम कुमारी महतोले जानकारी दिनुभयो ।

FB_IMG_1622721158800

उक्त कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर उप प्रमुख ओम कुमारी महतोले स्थलगत अनुगमन तथा निरीक्षण समेत गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख ओम कुमारी महतो, पशु सेवा शाखा प्रमुख ज्ञान प्रसाद भट्टराई ,सचिवालय सदस्य, शाखागत कर्मचारी, कृषक लगाएतको उपस्थिति रहेको थियो।

FB_IMG_1622716211533

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२%

प्रतिक्रिया दिनुहोस