२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल, चालकको मृत्यु

२०७८ कार्तिक ३०, मंगलबार प्रकाशित ( साल अघि) २२०४ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका– ३ ईटौरा बजार नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो राती पौने ७ बजे ग.प्र.०४-००१ प २४०३ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्कीदा स्थानीय २२ वर्षका समिर चौधरीको मृत्यु भएको हो ।

हिजोसाँझ पौने ७ वजे भएको दुर्घटनामा परि गम्भिर घाइते भएका चौधरीलाई मध्यविन्दु जिल्ला अस्पतालमा साँझ सवा ७ वजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाईकलमा सवार मध्यविन्दु – ३ का अमर गुरौ सामान्य घाईते भएका छन् । मादकपदार्थ सेवन गरि उच्च गतिमा मोटरसाइकल चलाएकोले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१०%

प्रतिक्रिया दिनुहोस