२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कोरोनाबाट निको हुनेको संख्या १ सय ९४ पुग्यो

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) १३८२ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकामा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ९४ पुगेको छ।

मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कोभीड फोकल पर्सन माधब प्रसाद पोखरेलका अनुसार कुल ३ सय ५ संक्रमित मध्ये जेठ २३ सम्म १ सय ९४ जना निको भएका हुन् ।

अब नगरपालिकामा १ सय ४ जना सक्रिय संक्रमित बाँकी रहेको छ भने सक्रिय संक्रमित मध्ये ८८ जना होम आइसुलेसनमा र १६ जनाको उपचार भैरहेको पोखरेलले बताउनुभयो ।

त्यसमध्ये चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना , मध्यबिदु जिल्ला अस्पतालमा ४ जना , चितवन मेडिकल कलेजमा ३ जना , भरतपुर अस्पतालमा ३ जना र अन्यमा १ जना गरि जम्मा १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हाल सम्म नगरपालिका भित्र कोरोना संक्रमण बाट ७ जना मृत्यु भैसकेको छ ।Screenshot_20210606 123421_Messenger

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%६%

प्रतिक्रिया दिनुहोस