२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको बजेट ९० करोड १३ लाख, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकता 

२०७८ अषाढ ११, शुक्रबार प्रकाशित ( साल अघि) १९७६ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाको नवौं नगरसभा बिहिवार सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को लागि कुल ९० करोड १३ लाख ३६ हजार रुपैयाँ बजेट प्रस्ताव सहित नवौं नगरसभा सम्पन्न भएको हो ।

नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख चन्द्र बहादुर रानाले कोरोनाका कारण स्वास्थ्य क्षेत्र त चुनौति पुर्ण बनेकोछ नै आर्थिक गतिविधि धरासायि हुने जोखिम र शिक्षा क्षेत्रमा नयाँ चुनौती थपिने जोखिम बढेको बताउनुभयो ।

FB_IMG_1624573559878

नगर प्रमुख रानाले कोरोना महामारी समुदायमा फैलिन नदिन मध्यबिन्दु नगरवासीको सु–स्वास्थ्यलाई ध्यानमा राखेर उक्त प्रकोपको नियन्त्रणको ब्यवस्थापन गर्ने पक्षलाई प्राथामिकतामा राखिएको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकामा नारायणी नदिको कटान र डुवानको जोखिम संग संगै पहाडिक्षेत्रमा पहिरोको जोखिम व्याप्त रहेको नगरप्रमुख रानाले जानकारी दिनुभयो ।

FB_IMG_1624574581046

नगरपालिकाले २०७८÷०७९ का लागि वित्तिय समानिकरण अनुदान र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण १८ करोड १६ लाख ९६ हजार, राजस्व बाडफाड प्राप्त हुने बजेट ११ करोड ४४ लाख ,ससर्त अनुदानबाट र आन्तरिक श्रोत गरी ४५ करोड ६५ लाख र आार्थिक बर्षको मौज्दात रु १३ करोड ८० लाख १७ हजार रुपैयाँको बजेट मध्यविन्दु नगरपालिकाको उपप्रमुख ओमकुमारी महतोले प्रस्तुत गर्नुभयो ।

नगरपालिका उपप्रमुख महतोद्वारा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा चालु आर्थिक बर्षका योजनाहरुको निरन्तरताका साथै शिक्षा, कृषि,स्वास्थ्य, रोजगार लगाएतका क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

FB_IMG_1624574585482

कृषि क्षेत्रलाई आधुनिकीकरण गरी व्यवसायिक एवम् अर्गानिक खेतीमा जोड दिइने र पकेट क्षेत्र घोषणा गरी कृषि अनुदानको व्यवस्था गर्ने कार्यक्रमहरु आगामी आर्थिक वर्षमा संचालन गर्ने नगर उपप्रमुख महतोले बताउनुभयो ।

नगर क्षेत्रमा रहेका बाँझो जग्गा उपयोगमा ल्याउन आवश्यक योजना अवलम्बन गर्ने, कृषि हाट बजार संचालनको अध्ययन गरिने, एक घर एक करेसाबारी नीति लिइने भएको छ ।

FB_IMG_1624574628398

त्यस्तै सहुलियत पुर्ण कर्जा कार्यक्रम , फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना, पशुपालनवाट रोजगार बढाउने, गरीबी घटाउने अभियान, एक वडा एक कृषि समुह ,उपप्रमुख चेली बचाउ तथा पढाउ कार्यक्रम, विदेशबाट रोजगारी गुमाएका परिवारलाई सीपमुलक तालिम, नगरवासीको प्रतिव्यक्ति आयमा वृद्धि, आधारभूत स्वास्थ्य शिक्षाको प्रत्याभूति, स्वच्छ खानेपानीलगायतका कार्यक्रमहरुलाई अगाडि बढाईएको छ ।

मध्यविन्दु नगरपालिकाले स्वरोजगार बन्न चाहनेहरुका लागि विभिन्न प्रशिक्षण लगायतको स्वरोजगार मुलक तालिम दिने व्यवस्था समेत गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%१%६%१%

प्रतिक्रिया दिनुहोस