२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका युवकलाई बलात्कार कसुरमा ११ वर्ष कैद सजाय

२०८० जेष्ठ १०, बुधबार प्रकाशित (0 महिना अघि) १२५० पाठक संख्या

कावासोती । दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका –९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई एक लाख ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको जिल्ला अदालतका नायव सुब्बा सन्तोष सिग्देलले जानकारी दिनुभयो ।

पीडित बालिकालाई पुनले ०७७ भदौ १८ गते बलात्कार गरेको भन्दै ०७७ असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दर्ता भएको थियो । उजुरी गरेपछि ०७७ कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण ०७७ असोज २९ गते जिल्ला अस्पताल नवलपुरमा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस