२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) २५७६ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका कृषि विकास शाखाले कृषि यन्त्र तथा कृषि औजार ५०٪ प्रतिशत अनुदानमा वितरण गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ का स्वीकृत कार्यक्रम अन्तर्गत किसानलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको हो ।

FB_IMG_1623961674912

नगरपालिकाले कृषि क्षेत्रलाई यन्त्रिकरण गर्नको लागि नगरपालिकाका सम्पूर्ण वडा भित्र गठन भएका कृषक समूह, कृषि फर्म र व्यवसायिक कृषकहरूको माग र आवश्यकता अनुसार ३३ वटा कृषि यन्त्र तथा औजारहरू, पावर टिलर, मिनिपावर टिलर वितरण गरिएको नगरपालीका कृषि शाखा प्राविधिक रेशम ढकालले जानकारी दिनुभयो ।

FB_IMG_1623961696503

सो अवसरमा मध्यविन्दु नगरपालिकाकी नगर उप प्रमुख ओमकुमारी महतोले किसानले पाएको कृषी यन्त्रउपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बतानुभयो ।

किसानहरुको उत्पादनमा कम लागतमा बढी आय आर्जन होस भन्ने उद्धेश्यले आधुनिक यन्त्र बितरण गरिएको उप प्रमुख महतोले जानकारी दिनुभयो ।

FB_IMG_1623962999413

कृषकहरुको उत्पादनमा बृद्धि गर्न र कृषिलाई ब्यवस्थीत,  उत्पादनमुखी र आयमुलक बनाउने उद्धेश्यले मध्यविन्दु नगरपालिकाले  बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ।

आधुनिक कृषि यन्त्र उपलब्द भएसंगै स्थानिय कृषकहरु हर्षित भएका छन् । नगरपालिकाका किसानले विगत लामो समयदेखि व्यवसायिक तरकारी खेती र धान खेती परम्परागत रुपमा गर्दै आएका छन् ।

पछिल्लो समय व्यक्तीगत लगानीमा खेतमा टयाक्टरको प्रयोग हुँदा खेतीमा लागत सहभागिता महङ्गो भएको थियो ।

FB_IMG_1623961665859

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२%१%

प्रतिक्रिया दिनुहोस