२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थको अबैध दोहन

२०७७ फागुन १३, बिहिबार प्रकाशित ( साल अघि) १०८४ पाठक संख्या

दयाराम आचार्य । नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थको अबैध निकासी बढेको छ । मध्यवर्ती क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अनुमतीमा मात्रै नदिजन्य पदार्थ निकासी गर्न पाइन्छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा घरायासी  प्रयोजनको लागि उपभोक्तालाई एउटा योजनाको लागि १० ट्याक्टर नदिजन्य पदार्थ दिने व्यवस्था गरिएको छ । यस बाहेक अन्य योजनाकालागि वडाको सिफारीसमा मध्यवर्ती वन समतिको सिफारीसमा निकुञ्जको कसरास्थित कार्यालयको अनुमतीमा मात्रै नदिजन्य पदार्थ निकासी गर्न पाइन्छ । निजि प्रयोजनको लागि यो भन्दा दिने व्यवस्था छैन् । तर निकुञ्जबाट थोरै परिमाणको अनुमती लिएर त्यसभन्दा धेरै परिमाणमा नदिजन्य पदार्थ निकासी गर्ने गरेको पाइएको छ ।
बुधबार नन्दभाउजू उभोक्ता समितिको सिफारीसमा ग्लोबल ह्याचरीको लागि १०० टिप नदिजन्य पदार्थ निकासीकालागि माग भएकोमा चितवन राष्ट्रिय निकुञ्जको रसिद नम्बर ४५२२बाट सोको लागि अनुमती दिईएको छ । अमटारी उपभोक्ता समिति अन्र्तगत रहेको गुन्द्रही खोलाबाट निकाल्ने गरी माग भए अनुसार अनुमती दिएको छ । ५ हजार ८५रुपैया राजश्व लिएर दिईएको अनुमतीमा फागुन १२ गते बिहान ७ बजे देखी साँझ ५ बजे र १३ गते ७ बजे देखी १ बजेसम्मको अवधी भित्र एक सय टिप निकासा भनिएको छ ।

तर यहाँबाट १२ गतेमात्रै तीन सयभन्दा धेरै टिप निकासा गरिएको स्थानीयको दाबि छ । बिहीबारका लागि भने थप परिमाणको अनुमती लिईएको छैन् । अमलटारी उपभोक्ता समितका कार्यालय सहायक मणि पाण्डेकासँग यस विषयमा बुझ्दा थप परिमाणको निकासीका लागि अनुमति लिन गएको बताउनुभयो । पाण्डेलाई बिहीबार ११ बजेर १५ मिनेटमा सोध्दा थप परिमाणको निकासाको अनुमती लिन गएको बताउनुभयो । तर यस समयसम्म खोलामा जेसीबी प्रयोग गरी १६ वटा ट्याक्टरबाट नियमित नदिजन्य पदार्थ निकासा भने भइरहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका पश्चिम सेक्टरका कार्यालय प्रमुख पशुपति अधिकारी यसै विषयमा बिहीबार बिहान ११ ः ३०मा बुझ्दा यो समयसम्म थप परिमाणको अनुमती नलिएको बताउनुभयो । समितिहरुले अनियमितता गर्ने स्वयम अधिकारीले स्वीकार गर्नुभयो ।

मध्यवर्ती क्षेत्रमा नदिजन्य पदार्थ निकासीमा निकुञ्जमात्रै अनुमती दिने र दोहन भए निकुञ्जलेनै रोक्नुपर्ने हुन्छ । तर सही अनुगमन नगर्दा निश्चित परिमाणको अनुमति लिएर त्योभन्दा धेरै परिमाण सहज रुपमा निकाल्ने गरिएको छ । अनुगमन गर्ने जिम्मा आफूहरुको भएपनी जनशक्ति नहुदा आफूहरुले हेर्न नभ्याएको प्रमुख अधिकारीले बताउनुभयो । बिहीबार भइरहेको निकासीको बारेमा आफूले बुझ्ने उहाँले बताउनुभयो ।
खोला किनारमै घर भएका कावासोती –१५,का स्थानीय शेषनारायण महतोका अनुसार बुधबार बिहान ६ बजेदेखी साँझ ६ बजेसम्म खोलाबाट गिटिबालुवा निकालिएको थियो । नियमित बिहानबाट निकासा गरिएकाले बुधबारनै ३ सयभन्दा धेरै टिप निकालिएको अनुमान उहाँको थियो ।
स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने हुदा मध्यवर्ती क्षेत्रमा उपभोक्ता समितिको मिलेमतोमा खोलाको दोहन हुने गरेको छ । निकुञ्जले प्रभावकारी अनुगमन नगर्दा खुलेआम दोहन हुने गरेको यसै क्षेत्रका एक जनप्रतिनिधिले बताउनुभयो । उपभोक्ता समितिको मिलेमतोमा अबैध निकासी गर्ने गरिएको आरोप उहाँको रहको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस