२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु नगरप्रमुख सहितको टोलि रजहरको प्राकृतिक चिकित्सालयमा

२०७७ भाद्र १४, आईतबार प्रकाशित ( साल अघि) १०६२ पाठक संख्या

कावासोती, भाद्र १४। कोरोना भाइरस (कोभिड १९)  संक्रमणभै  उपचाररत नेपालि काङ्ग्रेस नवलपुर जिल्ला सचिव बाल कृष्ण घिमिरे , पत्रकार ,समाजिक व्यक्तित्वहरु , मध्यविन्दु नगरपालिका तथा अन्य पालिकाका संक्रमितको स्वास्थ स्तिथी बुझ्न तथा मनोबल बढाउनका लागि मध्यविन्दु नगरपालिका प्रमुख लगायतको टोलि आज नवलपुरको अस्थायी कोरोना हस्पिटल रजहरको प्राकृतिक चिकित्सालय पुगेको छ।

नगरपालिका प्रमुख र मध्यविन्दु नगर शिक्षा समितिका सदस्य प्रकाश पंगेनीको टोलि पुगेर संक्रमितहरुको स्वास्थ अबस्थाको बारेमा जानकारी लिएका हुन।मेयर रानाले सम्पुर्ण संक्रमितहरुलाइ आफ्नो स्वास्थको ख्याल गर्दै आफ्नो मनोभावना दर्हो पार्न अनुरोध गरेका थिए।रानाले कोरोना संक्रमित हरुको उपचारमा प्राकृतिक चिकित्सालय र कर्मचारीहरुले खेलेको भुमिकाको प्रशंसा समेत गरे।

उनले संक्रमितहरुको रोग  प्रतिरोधात्मक क्षमता बढाउन सहयोग होस भन्ने हेतुले चिकित्सालयका डाइरेक्टर डा.बिनोद पौडेल र व्यवस्थापक हरि सापकोटा मार्फत फलफूल समेत प्रदान गरेका छन।

कार्यक्रमको सहजीकरण समेत गरेका अस्पतालका व्यवस्थापक हरि सापकोटाले विभिन्न ठाउका जनप्रतिनिधि,संस्थाहरु तथा सामाजिक व्यक्तित्वहरु आएर संक्रमित तथा आफुहरुको हौसला बडाउने काम निरन्तर भएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख रानाको उपस्थिति तथा फलफूल सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस