२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु नगरपालिकाद्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) १५७० पाठक संख्या

चोरमारा । मध्यबिन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर राना र उप-प्रमुख ओम कुमारी महतोले १४ औं गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख तथा उप-प्रमुखले शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७८ का अवसरमा ज्ञात-अज्ञात शहीद प्रति श्रद्धासुमन अर्पण गर्दै गणतन्त्र प्राप्तीको आन्दोलनका घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना सहित उच्च सम्मान प्रकट गर्नुभएको छ ।

“साथै यस अवसरमा नगरबासी तथा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन र समृद्ध गराउदै नगर तथा राष्ट्रनिर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछौ” शुभकामना सन्देश भनिएको छ।

त्यस्तै संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने निर्वाचन सम्पन्न भई तीन वटै तहका सरकार सञ्चालन भईरहेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गर्नुका साथै सबै वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभुत गरेको छ तसर्थ यस व्यवस्था नै गुम्ने गरी राजनैतिक गतिविधि तथा स्वेच्छाकारी, स्वार्थगत क्रियाकलापहरु गर्नु/हुनुहुँदैन भन्ने कुरामा सचेत छौ साथै सम्पुर्णमा सो को ध्यानाकर्षण गराउँदै राष्ट्रिय एकताको लागि आव्हान गर्दछौ र यस दिवसले राष्ट्रिय एकता र मेलमिलापको वातावरण सिर्जना गर्न प्रेरित गर्नेछ विश्वास लिएको सन्देशमा उल्लेख गरिएको छ ।

अन्त्यमा, गणतन्त्र दिवस २०७८ को अवसरमा पुनः सम्पुर्णमा शुभकामना व्यक्त गर्दै, कोभिड-१५ संक्रमणको अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी आफु समाज र नगरलाई सुरक्षित राख्न भुमिका निर्वाह गर्ने विश्वासको साथ कोभिड-१८ संक्रमित नगरबासीहरुको शिघ स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भएको छ ।

FB_IMG_1622269356071

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस