२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण 

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) १३८६ पाठक संख्या

चोरमारा । नवलपुरको चोरमारामा अवस्थित मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखालाई शुक्रबार स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।

क्रस बोडर नेपालका निर्देशक भरत वस्तीको तर्फबाट नगरपालिका स्वास्थ्य शाखालाई अक्सिमिटर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

FB_IMG_1622814455739

उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरुमा अस्पताल बेड ४ थान, अक्सिमिटर २५ थान, पिपिई २३ थान ,थर्मामिटर ३२ थान, फेस शिल्ड ६० थान र सर्जिकल मास्क ३००० थान स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।

सामाग्री ग्रहण गर्दै नगरका स्वास्थ्य शाखाका प्रमुख ख्याम बहादुर क्षेत्रीले उपलब्ध सामग्रीहरुले कोभिडको रोकथाम तथा नियन्त्रणमा थप टेवा पुग्ने जनाउँदै सहयोगी वस्तीलाई बिशेष धन्यवाद दिनुभयो।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चन्द्रबहादुर राना , उप-प्रमुख ओम कुमारी महतो , साथै प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा, स्वास्थ्य शाखाका प्रमुख ख्याम बहादुर क्षेत्री, वडाध्यक्ष अमृत ज्ञवाली , विभिन्न शाखा अधिकृत, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस