२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु दुईको नयाँ वडा कार्यालय भवनबाट सेवा प्रभाह गर्ने तयारी

२०७७ चैत्र २९, आईतबार प्रकाशित ( साल अघि) १८५० पाठक संख्या

मध्यबिन्दु ,२९ चैत । नवलपुरको मध्यबिन्दु नगरपालीका दुईको वडा कार्यालय भवन निर्माण कार्य ९८ प्रतिशतले सम्पन्न भएको छ ।

अब छिट्टै नै नयाँ भवनबाट सेवा प्रभाह गर्ने तयारी भैरहेको वडा अध्यक्ष नारायण पौडेलले बताउनु भयो ।

वडाले साविक कोल्हुवा गाविसबाट सेवा प्रभाह गर्दै आईरहेको भए पनि सो भवन जिर्ण भएको हुँदा ५५ लाख विनियोजीत बजेटबाट नयाँ भवन निमार्ण गरिएको हो ।

मध्यबिन्दु नगरपालीकाको १५ वटा वडा मध्य हाल १ र ३ वडाले मात्रै आफ्नै भवनबाट सेवा प्रभाह गरेका छन् भने अब वडा कार्यालय दुईले पनि छिट्टै नयाँ भवनबाट सेवा सहज रुपमा दिने भएको छ ।

अध्यक्ष पौडेलका अनुसार वाइरिङ्गको काम बाहेक सबै काम सम्पन्न भएको छ । आफ्नै निगरानीमा भवन निमार्ण भएको हुदा छिटो र मजबुद भएको उहाँले दाबी गर्नु भएको छ ।

भवन निर्माणले सर्वसाधारणलाई सेवा सुविधा सहज रुपमा दिन सकिने पौडेलको भनाई रहेको छ ।

नयाँ भवन निर्माण संगै काममा अझ सहजता आउने जनप्रतिनिधि देखी स्थानीयले आशा राखेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%१%१%

प्रतिक्रिया दिनुहोस