२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु जिल्ला अस्पताललाई दक्षिण कोरियाबाट युवाहरुले पठाए आईसीयू बेड

२०७८ जेष्ठ २५, मंगलबार प्रकाशित ( साल अघि) १५२२ पाठक संख्या

नवलपुर — दक्षिण कोरियामा रहेका पूर्वी नवलपरासीका युवाहरुले जिल्लावासीको कोरोना उपचारका लागि ८ वटा आईसीयू बेड पठाएका छन् ।

कावासोतीमा रहेको जिल्ला अस्पतालमा करिब ६ लाख मुख्य बराबरको आईसीयू बेड मंगलवार एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।

अस्पताल हातामा मंगलबार आयोजित कार्यक्रममा नवलपुर समाज दक्षिण कोरियाका सचिव मेघनाथ चापागाईंले निर्वतमान संघीय सांसद तिलक महतमार्फत् ती बेड अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. वीरबहादुर थापाले प्राप्त सबै बेड आईसीयू कक्षमा प्रयोग गरिने जानकारी दिए । जिल्ला अस्पताल ५० शय्या सञ्चालन अनुमति पाएको छ ।

दक्षिण कोरियामा रोजगारीका सिलसिलामा गएका पूर्वी नवलपरासीका युवाहरुले यस अघिपनि यहाँका विभिन्न संघसंस्थालाई सहयोग गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस