२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दु जिल्ला अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) २२६४ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ८ कि ८४ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको शुक्रबार दिउसो १:२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

गत जेठ ४ गते मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब परीक्षण गर्दा पोजेटिभ पाएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा अन्य रोगको उपचारको क्रममा रहेकी उनिमा गत जेठ ४ गते कोरोना संक्रमण देखिए पछि उनलाई जेठ ५ गते चितवन मेडिकल कलेजबाट मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो ।

उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पतालमा उनको मृत्यु भएको बताईएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ हजार ३९ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%

प्रतिक्रिया दिनुहोस