२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा तासको खालबाट ७ जना पक्राउ

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) १३५४ पाठक संख्या

चोरमारा । तास खेलिरहेको अवस्थामा मध्यबिन्दु नगरपालिकाबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका – ५ बाघखोर निवासी सुशिला भण्डारीको घर तास खेलिरहेको अवस्थामा ३६ हजार ९ सय रुपैयाँ नगद र ३ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मध्यबिन्दु – ५ का ६२ बर्षीय यमबहादुर सुर्यवंशी, बर्ष २२ का अर्जुन बोहोरा, बर्ष २७ का रोशन खडाल क्षेत्री, बर्ष ३५ का अम्मर खड्का, बर्ष ३४ का सुरजबहादुर चन्द बोहोरा, बर्ष ४० का विनोदकुमार के.सी. र बर्ष ३७ का दिप्त नारायण महत्तोलाई नियन्त्रणमा लिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस