२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा आइतबार आज ९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र २१, आईतबार प्रकाशित ( साल अघि) ११८५ पाठक संख्या

भदौ,२१ चोरमारा । नवलपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यबिन्दु नगरपालिका ,कावासोती नगरपालिका , र बुलिङटार गाउपालिकामा कोरना संक्रमित देखिएका हुन ।

जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. ७, ८, १० र १५ मा दुईजना महिला र सात जना पुरुष कावासोतीमा २ महिला र बुलिङटारमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण हुनेहरु मध्यबिन्दु ७ की ५२ बर्षिय महिला, मध्यबिन्दु ८ का ३८ बर्षिय पुरुष, मध्यबिन्दु १० का २२, १७, १३, ४४, ३९ बर्षिय पुरुष र ४५ बर्षिय महिला, यस्तै वडा नं. १५ का ४० बर्षिय पुरुष,कावासोती २ ३२ बर्षिय १ महिला र ९ मा २२ बर्षिय १ महिला र बुलिङका ३८ बर्षिय १ पुरूषमा कोरना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख केशब प्रसाद चापागाईले जानकारी दिए ।नवलपुरमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ४५ पुगेको छ । जसमा निको हुनेको संख्या ३ सय ६६ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस