२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा असिना पानीले तरकारी तथा अन्नबालीमा लाखौँको क्षति

२०७८ बैशाख २७, सोमबार प्रकाशित ( साल अघि) १३७१ पाठक संख्या

चोरमारा । शनिबार साँझ आएको ठूलो असिना पानीले नवलपुरको मध्यबिन्दुमा लाखौँको तरकारी तथा अन्नबाली खेतिमा क्षति र्पुयाएको छ ।

साँझ ३ बजेपछि हावाहुरी सहित आएको पानीले मध्यबिन्दुको वाड नं १, ४ र ५ मा ठूलो क्षति र्पुयाएको हो।

असिना पानीका कारण फलफूल तथा तरकारी बालिमा क्षती र्पुयाएको नगरपालीका कृषि शाखा प्राविधिक रेशम ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार पसाउने बेला भएको चैते धान र मकैमा समेत नराम्रो क्षती र्पुयाएको छ।

नगरमा आएको स्थानीयको गुनासो अनुसार अनुगमन गरीएको नगरपालीका कृषि शाखा प्राविधिक ढकालले बताउनु भयो ।

त्यस्तै फलफुलहरुमा केरामा र तरकारीहरू टमाटर , फर्सी, लौका , बन्दा, भेन्ट बोडी खुर्सानीहरुमा नोक्सान भएको स्थलगत अनुगमन टोलीले बताएको छ।

मध्यबिन्दु नगरपालिकाको वडा नम्बर १ पतवारीका धरै ठाँउमा क्षती र्पुयाएको वडाध्यक्ष लिलाराम थारुले जानकारी दिनुभयो। थारुका अनुसार वडामा लगाईएका तरकारी खेती टमटर ,मकै , केरामा ठूलो क्षती भएको छ ।

किसानले ठुलो लगानीमा दुःख गरेर लगाएको बाली असिनाले सखाप पारेपछि नोक्सानी व्योहोर्नु परेको हो ।

बालि लगाउने समयमा सहज रुपमा मल बिऊ नपाएर हैरान भएका र उचित मूल्य नपाएर ठगिएका किसानलाई प्रकृतिले समेत साथ नदिदा किसानहरु निराश भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%५%

प्रतिक्रिया दिनुहोस